दार्चुला । बैतडीमा जंगली बिषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ तडीगाउँका ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, ५ वर्षीय छोरा दशरथ भट्ट र ७ वर्षीया छोरी शारदा भट्ट सिकिस्त बिरामी परेका हुन् ।
जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू पाँचैजना बिरामी भएका प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी परेका उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया