एमाले अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबिच भेटवार्ता

दार्चुला । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।

कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ जानुभएको थियो । राजधानी नोम्पेनमा शनिबार बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीद्वारा स्वागत गरिएको थियो । उहाँसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् ।

विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको थियो । त्यस्तै, ओलीले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको सचिवालयले जनाएको छ ।

जोनाथन पनि कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया जानुभएको थियो । अध्यक्ष ओली सोमबार स्वदेश फर्किने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?