सुन भनि समातिएको धातु पित्तल रहेको पुष्टि

दार्चुला । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

भन्सार कार्यालयले बैंककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थान विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

थाई नागरिकले उक्त वस्तु सुन भएको बताएका थिए । आफू धार्मिक प्रयोजनका लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ । रिपोर्टर्स नेपाल

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?