दार्चुला । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरिने भएको छ ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रवारदेखि परीक्षण शुरु गरिएको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिन लागेको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताउनुभयो ।
आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको उहाँले बताउनुभयो । शुक्रवार विद्युतगृहमा पानी खसालेर मेसिनको परीक्षण शुरु गरिएको थियो ।
शनिवार हिजोदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचमा रहेको सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई हप्तापछि व्यावसायिक उत्पादन थाल्ने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो । निर्माण कम्पनीका अनुसार आठ अर्ब रुपैयाँ लागतमा ३० महिनामै यो आयोजनाको निर्माणकार्य सम्पन्न भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया