एमालेले तोक्यो छ प्रदेश कमिटीको अधिवेशन मिति

दार्चुला । नेकपा एमालेले पार्टीको प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ ।

एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका जनाएको छ । जस अनुसार कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा हुनेछ ।

यसैगरी लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा,कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशनको लागि मिति तय भएको गौतमले जानकारी दिनुभयो । गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्नेछ । पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?