बझाङ जाँदै गरेको जिप बैतडीको तारलमा दुर्घटना, दुई जना घाइते

दार्चुला । बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको महाकाली राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना भएको हो । गएराति जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।

घाइते चालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने सहचालकको जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।

जिपमा चालक र सहचालक मात्रै सवार रहेका थिए । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?