दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक कर्मचारीहरूसँग निवेदन माग गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रका कार्यालयमा काम गरिसकेका कर्मचारीले ‘ग’ वा ‘घ’ वर्गको तथा ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी सकेका कर्मचारीहरूले ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक भए पीआइएस अपडेट गरी नौ दिन भित्र मन्त्रालयमा इमेल पठाउन भनेको हो ।
सरुवाको सिजन नजिकिँदै गर्दा मन्त्रालयले सरुवा माग गर्ने निवेदनको ढाँचासहित सूचना जारी गरेको हो । सरुवा व्यवस्थापनका लागि अधिकांश कर्मचारीहरूले पीआएएस अद्यावधिक नदेखिएको भन्दै मन्त्रालयले प्रत्येक निजामती कर्मचारीहरूलाई आफ्नो हालसम्मको विवरण९नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी०लगायत सम्पूर्ण विवरण सात दिन भित्र अनिवार्य अद्यावधिक गर्नसमेत भनेको छ ।
केही दिन अघि मात्रै सरुवा व्यवस्थित गर्न भन्दै एउटा कार्यदल गठन गरी प्रतिवेदनसमेत तयार गर्न लगाइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया