जनकपुरमा चम्ल्याहा बच्चाको जन्म, आमाको मृत्यु

दार्चुला । जनकपुरधाममा चम्ल्याहा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ ।

झण्डै नौं महिनाको गर्भपछि शल्यक्रिया मार्फत् मंगलबार चार शिशु जन्माएकी आमाको बुधबार २ बजे मृत्यु भएको हो ।

चार शिशुमध्ये दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको अवस्था भने अस्थिर देखिएको शल्यक्रियामा संलग्न चिकित्सक डा. एसके सिंहले बताउनुभयो ।

जनकपुरधाम स्थित काव्या हस्पिटलमा भर्ना भएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुन मंगलबार ९ बजे अस्पताल भर्ना भएकी थिइन् । भर्ना भएको झण्डै पाँच घण्टापश्चात् १ बजे एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन् ।

प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. एसके सिंहले सुरुमा अवस्था समान्य भए पनि शल्यक्रियापछि अवस्था बिग्रिएको बताउनुभयो । उहाँलृ भन्नुभयो ‘सामान्य तरिकाबाटै शल्यक्रिया मार्फत बच्चा जन्मिएको दुई घण्टापछि अवस्था बिग्रिएको थियो, तैपनि हामीले आइसियुमा राखेर उपचार गर्दै थियौं तर बुधबार अपरान्ह २ बजे निधन भयो ।’

‘चार बच्चा जन्मनु निकै दुर्लभ हो’, डा. सिंहले भने, ‘मेरो अहिलेसम्मको अनुभवमा मैले देखेको यो चम्ल्याहा जन्म दुर्लभ घटना हो।’ बुधबार जन्मिएका शिशुहरु ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुलाई श्वासप्रश्वासमा कठिनाइ हुन सक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।

सामान्यतः नवजात शिशु जन्मँदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ। तर चम्ल्याहा जन्मिएका शिशुहरुको तौल धेरै कम छ। शिशुमध्ये छोराको तौल १.५ किलो र छोरीहरुको तौल १.२५ किलो रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?