आज साउन १५ खिर दिवसको रुपमा मनाइँदै

दार्चुला । आज साउन १५ गते । यो दिन नेपाली समाजमा खीर खाने दिनका रुपमा परिचित छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ ।

खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलेको पाइन्छ ।

वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ । चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्तसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?