तनहुँमा गोली हानेर श्रीमानद्धारा श्रीमतीको हत्या

दार्चुला । तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?