दार्चुला । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।
आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तिमिल्सिनाले भन्नुभयो, ‘आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । र महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया