घाँटी रेटिएको अवस्थामा मकै बारीमा महिलाको शव फेला

दार्चुला । सल्यानमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिक वडा नम्बर १४ मा घरदेखि टाढा मकै बारीमा घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।

आइतबार बिहान घर नजिकै मकै बारीमा अन्दाजी ४८ वर्षीया प्रमिला गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दामोदर केसीले जानकारी दिनुभयो ।

उनी घर नफर्केपछि उनका श्रीमान् खडगबहादुर गिरीले मकै बारीमा खोज्दै जादा बारीको डिलमा मृत अवस्थामा फेला परेको केसीले बताउनुभयो ।

घटना के कसरी भएको हो भन्ने बारे थप अनुसन्धन भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?