दार्चुलामा चरेशसहित दुईजना पक्राउ

दार्चुला । दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेबाट ६ केजी १ सय ग्राम चरेशसहित महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जनालाई आज बिहान १ बजेतिर पक्राउ गरेको हो ।

प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलमा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो । पक्राउ परेका दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?