दार्चुला । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको हो ।
श्रीनगरस्थित मामाघरमा बस्दै आएका नुरसैद्दलाई शनिबार राति अन्य बालबालिकासँगै सुतको ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन् ।
बालकको जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया