दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडान

दार्चुला । दार्चुलाको आकाशमा केही दिनयता भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको छ ।

सदरमुकाम खलंगाको आकाशमा नेपाली प्रशासनसँग समन्वय नै नगरेर एकलौटी ढंगले भारतीय हेलिकप्टरले शंकास्पद उडान गरिरहेको स्थानीयहरुले बताएका छन् ।

खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको हो ।

विगतमा पनि भारतीय सेनाको हेलिकप्टर बेलाबेला उड्ने गरेको भएपनि पछिल्लो समय त्यति देखिएको थिएन ।

केही दिनदेखि फेरी भारतीय निजी कम्पनीको हेलिकप्टर खलंगा हुँदै उत्तरपश्चिम कालापानी क्षेत्रतर्फ गइरहेको देखिएको छ। यस विषयमा भारतीय अधिकारीलाई पत्राचार गरेर ध्यानाकर्षण गराइएको तर जवाफ केही नआएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशीले बताउनुभयो ।

२० साउनमा भारतीय प्रशासनलाई पत्राचार गरेपनि अहिलेसम्म त्यसको जवाफ नआएको उहाँले बताउनुभयो।

दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षले पटक पटक बलमिच्याँइ गर्दै आएको छ । यसअघि पनि नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले दार्चुलाको आकाशमा हेलिकप्टर उडाएको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?