दार्चुला । डोटीमा जंगली विषालु च्याउँ खाँदा १२ जना बिरमी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउँ खादा बिरामी परेका हुन् ।
दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउँ खाँदा बिरामी परेका छन्। उनीहरुले मंगलवार दिउँसोको खानासँगै जंगली च्याउँ खाएका थिए। च्याउँ खाएपछि उनिहरु बिरामी भएका प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया