भारतमा बसको ठक्करबाट बैतडीका एक युवकको ज्यान गयो

दार्चुला । रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर २ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा बसको ठक्करबाट मृत्यु भएको हो।

रोजगारीका लागि एक बर्ष अघि मात्रै राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो (मंगलबार) मृत्यु भएको उहाँका आफन्त महेश बोहराले बताउनुभयो । मृतक पुष्करको घरमा श्रीमति, एक छोरी, आमाबुवा र भाइ रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?