केटी जिस्क्याएको निहुँमा झडप हुँदा एक युवकको मृत्यु

दार्चुला । पर्सामा १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको हो । उक्त कुटपिट तथा झै(झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झगडा भएको थियो । सोही क्रममा उनीहरुबीच कुटपिट भएको थियो ।

अबतुल्लाह मिया अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?