दार्चुला । पोखरामा वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित बिहीबार एक महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ ।
बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो ।
गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको उहाले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया