लेकममा एमालेका विभिन्न जनबर्गिय संगठनहरूको नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

दार्चुला । नेकपा एमालेको लेकम गाउँपालिकामा विभिन्न जनबर्गिय संगठनहरूको अधिवेशन सम्पन्न भएको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा आयोजना भएको पार्टीको भेलाले युवा, महिला, किसान र दलित संगठनको नेतृत्व चयन गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशीले जानकारी दिनुभयो ।

दुर्गादत्त जोशीको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालकाे १३ सदस्यीय कमिटी चयन गरिएको छ । शिवदत्त जोशीको अध्यक्षतामा अखिल नेपाल किसान महासंघको १५ सदस्यिय कमिटी गठन गरिएको छ । दलित जातीय मुक्ति समाजको रमेश दमाईको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरिएको छ । र माया धामीको नेतृत्वमा अखिल नेपाल महिला संघको २७ सदस्यीय कमिटी चयन गरिएको अनेम संघ जिल्ला कमिटी कोषाध्यक्ष एबं नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य फुलमती खत्रीले जानकारी दिनुभयो ।

नेकपा एमाले लेकम गाउँपालिका कमिटी सचिव हरिचन्द्र जोशीको अध्यक्षतामा आयोजित भेलामा प्रदेश कमिटी सदस्य दानीराम पार्किको प्रमुख आतिथ्यता रहेको थियो । एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम इन्चार्ज परमानन्द जोशी, गाउँपालिका उपाध्यक्ष एबं जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशी लगायतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा एक सय बढी नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै एमाले लेकम गाउँपालिका इन्चार्ज परमानन्द जोशीले राष्ट्रिय सुरक्षादेखि विकास निर्माणका काम, सामाजिक सुरक्षादेखि सुशासनको क्षेत्रमा जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभयो । सुशासनसहितको विकास र समृद्धिका लागि स्थानीयतहदेखि प्रदेश र संघमा एमाले नेतृत्वको सरकार हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?