कांग्रेसको लेकम गाउँपालिकास्तरीय कार्यक्रम चौपातामा सम्पन्न

दार्चुला । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार आन्तरिक विशेष अभियान (श्रावण २० देखि ३० सम्म) अन्तर्गत नेपाली कांग्रेस लेकम गाउँकार्यसमिति को आयोजनामा लेकम गाउपालिका स्तरिय अभियान आज लेकम ५ रिठाचौपातामा सम्पन्न भएको छ ।

जिल्ला बाट लेकम गाउपालिका प्रतिनिधि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सहसचिव राजेन्द्र प्रसाद जोशी र सदस्य नवीन चन्दलाई कार्यक्रमको जिम्मेवारी दिइएको थियो । नेपाली कांग्रेस लेकमका सभापति कमलापती मिश्रको सभापतित्व र नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य गणेश राज भट्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रमामा विशिष्ट अतिथी लेकमका लागि प्रतिनिधि राजेन्द्र प्रसाद जोशी, जिल्ला सदस्य नवीन चन्द, महाधिवेशन प्रतिनिधि सुना जोशी, नेपाली कांग्रेस प्रदेश सभा “क” क्षेत्रीय सचिव पुष्कर राज जोशी लेकम गाउपाकिला वडा नम्बर २ का अध्यक्ष शिबराज जोशी रहनुभएको थियो । भने स्वागत मनतब्य वडा नम्बर २ का सभापति केशब राज जोशीले राख्नुभएको थियो ।

नेबि संघ लेकम संयोजक कृष्णदेव जोशीले सञ्चालन गरेको कार्यक्रमा ६ वटै वडा कार्यसमिति सभापति कार्यसमितिका पदाधिकारी, भातृ संगठनहरूका लेकम गाउकार्यसमितिका पदाधिकारी र कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पाटी रूपान्तरण को लागी घनिभुत छलफल गरेकाे बताएका छन् ।

साथै वैठकले पालिका सम्मेलन भाद्र १५ गते र वडा सम्मेलन ३० गते भित्र गर्ने गरि वडाहरुमा प्रतिनिधि खटाइएको छ । जसअनुसार वडा नम्बर १ दौलत सिंह साउद, वडा नम्बर २ मा शिबराज जोशी, रघुनाथ जोशी, वडा नम्बर ३ मा मोहन देव जोशी, वडा नम्बर ४ मा राजेन्द्र प्रसाद जोशी, कृष्ण पन्त, वडा नम्बर ५ मा कमलापती मिश्र र वडा नम्बर ६ मा दिपेन्द्र सिह बोहरा प्रतिनिधि रहेका छन् ।

पालिकाभरी कांग्रेस निकट सम्पुर्ण भातृ संगठनहरुलाइ गठन गरि पुर्णता दिने निर्णय समेत गरेको नेविसंघ लेकमका संयोजक कृष्णदेब जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?