भारतले फेरी धौलीगङ्गाको बाँध खोल्दै, सर्तकता अपनाउन प्रशासनको आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका फेरी खोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो ।

भारतीय प्रशासनले सिल्ट सरसफाइको कार्य गर्ने भन्दै नेपाली प्रशासलाई जानकारी गराएकोले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

व्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटदेखि लेकम गाउँपालिका वडा नम्बर ३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले भनेको छ ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका ६ सेरादेखि पञ्चेश्वर सम्मका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ ।

May be an illustration of map and text

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?