दार्चुला । मोरङको पथरी शनिश्चरेमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा कुटपिट हुँदा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ जयनगरका ६४ वर्षीय हर्कजंग लिम्बूले पत्नी ६३ वर्षीया कर्णमायाको हत्या गरेका हुन् । घरायसी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान साढे ११ बजेतिर कर्णमायालाई कुटपिट गरेर घाइते बनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार उपचारकै क्रममा राति १० बजेतिर कर्णमायाको मृत्यु भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया