दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखर ओसिल बस्ने समाजसेवी कालो बोहराका नाती, कृष्ण बोहराका छोरा ६ वर्षीय समीर बोहराले जीवनरक्षाका लागि सहयोग मागिरहेका छन् । बोन म्यारो रोगबाट ग्रसित भई नेपालगञ्ज मेडिकल कलेजबाट सिभिल हस्पिटल काठमाडौं रिफर गरि त्यहाँबाट पनि blood hospital जावलाखेल रिफर गरि उपचाररत समीर बोहराले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैलाई याचना गरिरहेको आफन्त बिष्णुसिंह बोहराले जानकारी दिनुभयो ।
जीवन-मरणको दोषाधमा बाचिरहेका समीरको पारिवारिक आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा समस्या भएको आफन्तजनले बताएका छन् । बिरामी समीरका बुवा विगत ६ वर्षदेखि विदेशमा सम्पर्क बिहिन भएकोले अभिभावकविहिन जस्तै अवस्थामा अस्पतालको शैय्यामा रहेका समीरलाई सहयोग गर्न अपिल गरिएको छ ।
एनआइसी एसीया बैंकमा भरत बोहराको नाममा रहेको खाता नम्बर 2557041486952401 मा सहयोग रकम पठाउन सकिने बोहराले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया