दार्चुला । लेकम क्षेत्रका पुराना शिक्षक एबं समाजसेवी गोपाल सिंह रावलको ९० वर्षको उमेरमा भदौ १ गते (आज) शुक्रबार मृत्यु भएको छ । विक्रम सम्बत १९९० भदौ २ गते लेकम गाउँपालिका वडा नम्बर १ (साविक सर्मोली गाविस ३ सिराड बित्थड) मा जन्मिनुभएका रावलको शुक्रबार मृत्यु भएपछि सामाजिक संस्कार अनुसार अन्तेष्टी गरिएको छ ।
२०४९ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्ष निर्वाचित हुनुभएका समाजसेवी एबं शिक्षाप्रेमी व्यक्तित्व रावलको निधन भएपछि परिवारजन र शुभेच्छुकहरूले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मृतक रावलकाे योगदान तपसिल अनुसार छ:
१. सर्मोलीको बडिपुर माध्यमिक बिध्यालयको संस्थापक शिक्षक २०१५ सालमा बडिपुरमा रुखको फेदमुनीबाट शिक्षण सुरु गरेको ।
२. सित्तड साविक उमावि हाल माविका संस्थापक शिक्षक ।
३. गल्लाकेदार मावि खरकडाका संस्थापक शिक्षक ।
४. बस्कोट माध्यमिक विद्यालय बस्कोट शैल्यशिखर नपा ९ का संस्थापक शिक्षक ।
५. पञ्ज्युनयाँ आविका सुरुवातकर्ता शिक्षक ।
६. केदारनाथ आवि बित्थडमा संस्थापक ।
७. तत्कालीन सतबाँज-गोकुले सडक खण्ड निर्माणका सुपरभाइजर ।
८. गोकुलेश्वर एयरपोर्ट सुरुवाती निर्माणका सुपरभाइजर ।
९. कालापातली सामुदायिक वनका संस्थापक ।
१०. राष्ट्रिय प्रजातन्त्र नेपालका तर्फबाट स्थानीय निर्बाचन २०४९ मा निर्वाचित वडाअध्यक्ष ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही समाजसेवी, सहयोगी, वातावरण प्रेमी (बिरुवा रोप्न रुचि राख्ने) छवि बनाएका रावल भौतिक रूपमा अस्ताएपनि उहाँको योगदान स्मरणीय रहेको मृतकका नाति नरेन्द्र रावलले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया