गुल्मीमा एक वडाध्यक्ष झुन्डिएको अवस्थामा मृत फेला

दार्चुला । गुल्मीमा एक वडाअध्यक्ष झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा फेला परेका हुन् ।

बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा लेखेर घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।
घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताउनुभयो ।

वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?