दार्चुला । दैलेखमा गाउँगाउँ घुम्दै जडिबुटी बेच्ने एक व्यापारी मृत फेला परेका छन् ।
गाउँगाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँचौँ दिनमा दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर १ पगनाथको भेरीखोलामा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले पनि कतै नदेखेको र मोबाइल सम्पर्क समेत बिच्छेद भएपछि परिवारजनले खोजिरहेका थिए ।
बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवन बसाई सरेका ३१ वर्षीय वीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिनुभयो ।
साउन २७ गतेदेखि त्यस गाउँमा जडिबुटी बेच्ने गरेको तेश्रो दिनपछि नदेखिएका र मोबाइलमा समेत सम्पर्क नभएपछि परिवारजनले खोजबिन गर्दा मध्यपहाडी राजमार्गबाट एक किलोमिटर माथि भेरीखोला खोल्सामा टाढाबाट बगाइ ल्याएको आधा जिऊ पानीमै रहेको अवस्थामा फेला परेको बताइएको छ ।
स्थानीय र मृतक आफन्तले सूचना दिएपछि घटनास्थलको मुचुल्का र प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया