दार्चुला । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ । १० जना केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज तोकिएको छ भने प्रदेश कमिटी सदस्यहरुलाई ७९ वटा पालिकामा इन्चार्जको जिम्मेवारी दिइएको छ ।
साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको रोहबरमा बसेको प्रदेश कमिटीको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि सुर्खेत जिल्ला इन्चार्ज रहेका झकबहादुर मल्ललाई हुम्लाको जिम्मेवारी दिइएको छ भने पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाहीलाई सुर्खेत इन्चार्जको जिम्मेवारी दिइएको छ । सोही क्षेत्रमा पूर्वमन्त्री समेत रहेका बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् ।
त्यस्तै मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालीकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्जको जिम्मेवारी दिइएको छ । जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर विष्ट इन्चार्ज तोकिएका छन् ।
साउनको १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको प्रदेश अध्यक्ष केसीले जानकारी दिनुभयो। अनलाइनखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया