बझाङमा एकै परिवारका तीन जनामाथि अज्ञात व्यक्तिद्धारा चक्कु प्रहार

दार्चुला । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भई चैनपुरमा डेरा गरी बस्ने आमा र दुई छोरामाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् ।

तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एउटा मोबाइसमेत लिएर गएको घाइते सुनिताका श्रिमान कलक बिकले बताउनुभयो । कलम बिक अहिले काठमाडौँमा छन् । उनी नभएको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो ।

गए राति १२ बजे  सुनिता विक र उनका दुई छोरा आदित्य र यवन विकमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।

घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?