सुदूरपश्चिममा प्रदेशसभाका विषयगत समिति थप्ने तयारी

दार्चुला । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति थप्ने तयारी गरिएको छ । त्यसका लागि प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले विक्रमसिंह धामी, सुरेन्द्रबहादुर पाल, मानबहादुर धामी, प्रकाश रावल, खुसीराम डगौरा थारु, खेमादेवी विष्ट र ताराप्रसाद जोशी सदस्य रहने गरी नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा नियमावलीको नियम १४८ मा ४ वटा विषयगत समिति रहने व्यवस्था छ । प्रदेश सभा नियमावली संशोधन गरेर यो संख्या बढाएर ६ वटा समिति बनाउने तयारी भएको हो ।

प्रदेशसभामा हाल अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला र सामाजिक विकास समिति गरेर ४ समिति छन् । तर सत्तारुढ गठबन्धनमा प्रदेशसभा सदस्यहरुको व्यवस्थापनका लागि समिति थप गर्ने गृहकार्य अघि बढाइएको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले राजनीतिक सहमति अनुसार विषयगत समिति थप गर्नेसँगै अन्य व्यवस्थाहरु हेरफेर गर्न नियमावली संशोधन समिति गठन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?