स्वास्थ्य बीमा बोर्डले हटायो २६ वटा निजी स्वास्थ्य संस्थाबाट बीमा सेवा

दार्चुला । स्वास्थ्य बीमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ ।

स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।

बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो ।

स्वास्थ्य बीमा सेवा हटाइएका निजी स्वास्थ्य संस्थाः

बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा
लाइफ लाइन अस्पताल झापा
नोबेल मेडिकल कलेज मोरङ
विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङ
चितवन मेडिकल कलेज
नेपालगञ्ज मेडिकल कलेज बाँके
फत्तेवाल आँखा अस्पताल बाँके
गेटा आँखा अस्पताल कैलाली
राप्ती आँखा अस्पताल दाङ
शुभ स्वस्तिक हस्पिटल प्रालि महोत्तरी
लुम्बीनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा
युनाइटेड मिसन हस्पिटल पाल्पा
नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पर्सा
लुम्बीनी आइ इन्स्टिीच्युट एण्ड रिसर्च सेन्टर रुपन्देही
फूलकुमारी महतो मेमोरियल हस्पिटल सिराहा
सगरमाथा चौधरी आँखा अस्पताल सिरहा
सप्तर्षि हस्पिटल सिरहा
नेपालगञ्ज मेडिकल कलेज हस्पिटल बाँके
जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल धनुषा
जानकी मेडिकल कलेज धनुषा
घोडाघोडी हस्पिटल कैलाली
लाल रत्न हस्पिटल कैलाली
नवजीवन हस्पिटल कैलाली
आइ केयर सेन्टर खोटाङ
मनमोहन मेमोरियल समाुदायिक अस्पताल मकवानपुर
देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देही

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?