दार्चुला । मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । आज बिहान उर्लाबारी नगरपालिका वडा नम्बर ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो ।
सप्तरी घर भएका उनी प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै गर्दा पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया