दार्चुला । परिचयपत्रको आधारमा अस्पतालबाट सुविधा दिने निर्णय गरिएको छ । अनाथ परिचयपत्रको आधारमा जिल्ला अस्पताल दार्चुलाबाट उपलब्ध हुने सेवा सुबिधा नि:शुल्क गर्ने निर्णय गरिएको हो ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीको अध्यक्षतामा मंगलबार (आज) बसेको बैंठकले अनाथ बेसाहारा बालबालिकालाई अनाथ परिचय पत्रको आधारमा अस्पतालबाट प्रदान गरिने सेवा सुविधाहरु निशुल्क गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैंठकले आकस्मिक रुपमा बिद्यालयमा बिरामी भई अस्पतालको आकस्मिक कक्षमा राखी उपचार गर्नु पर्ने बिरामीहरुको हकमा विद्यार्थी परिचयपत्रको आधारमा टिकट र ल्याव परिक्षण सेवा निशुल्क गर्ने, जनआन्दोलन जनयुद्ध लगायत नेपाल सरकारबाट सहिद घोषणा गरिएका एकाघर परिवार र घाईते लाई जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको परिचय पत्रको आधारमा जिल्ला अस्पतालबाट प्रदान हुने फार्मेसी बाहेकका ओपीडि टिकट स्वास्थ्य परिक्षण लगायतका सेवाहरु नि:शुल्क गर्ने निर्णण गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो ।
विगतमा निरोगीताको प्रमाणपत्रको शुल्क ४ सय लिईदै आएकोमा बुधबार देखी लागु हुने गरी स्वास्थ्य परिक्षण बाहेक १ सय मात्रै कायम गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । विभिन्न निर्णय गर्दै बैठक आजै सम्पन्न भएको निमित्त सुपरिटेन्डेन्ट डाक्टर सुनिता पुजाराले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




