दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) ले युवा र महिला संगठनको अधिवेशन सम्पन्न गरेको छ ।
एमाले शैल्यशिखर नगरस्तरीय जनवर्गीय संगठन अखिल नेपाल महिला संघकाे प्रथम अधिवेशनबाट शान्ति खडायतकाे अध्यक्षतामा २७ सदस्यीय कमिटी र राष्ट्रिय युवा संघ नेपालकाे प्रथम अधिवेशनबाट हरिश सिह ठगुन्नाकाे अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन भएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा नेता जोशीसहित, शैल्यशिखर नगरपालिका नगर प्रमुख विजयसिंह धामी, जिल्ला कमिटी सचिवालय सदस्य कर्णबहादुर खडायत लगायत एमाले नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया