दार्चुला । पार्टी संगठन रूपान्तरणको लागि तीन महिने अभियान लिएर माओवादी केन्द्र सबै स्थानीय तहका गाउँघर पुगेको छ । जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानसहित गाउँगाउँमा संगठन विस्तारको काम थालिएको नेकपा (माओवादी केन्द्र) दार्चुलाका इन्चार्ज एबं केन्द्रीय कमिटी सदस्य नरेन्द्र कुवर (विजयसुन्दर) ले जानकारी दिनुभयो । दार्चुलाका सबै इलाका, पालिका र वडामा पार्टी सुदृढीकरणका लागि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको शनिबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ७५३ वटैं स्थानीय तहमा भर्चुअल माध्यमबाट एकैसाथ उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा (माओवादी केन्द्र) दार्चुलाको तीन महिने अभियान भाद्र १६ गते उदघाटनका लागि दार्चुलामा पालिकाहरूमा तपसिल अनुसार जिम्मेवारी वाडफाड गरिएको बताइएको छ । उद्घाटनको पुर्वसन्ध्यामा नेताहरू जिम्मेवारी अनुसार गाउँगाउँमा खटिएको माओवादीका युवा नेता नरबहादुर बिष्टले जानकारी दिनुभयो ।
जिम्मेवारी तपसिल अनुसार:
व्याँस गाउँपालिका, सुन्सेरा: प्रदेश कमिटी सदस्य, बिनाेद कुवर
दुहुुँ गाउँपालिका, हिकिला: केन्द्रीय सदस्य, डम्वर धर्ति, प्रदेश कमिटि सदस्य, खडक धामी
महाकाली नगरपालिका,खंलगा: केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज नरेन्द्र कुवर, विजयसुन्दर
मनपा ३: प्रदेश कमिटी सदस्य बिक्रम कुवर ,उपेन्द्र कुवर,गाइत्री रावल
मालिकार्जुन गाउँपालिका शंकरपुर: वैकल्पिक केस गणेश खत्रि, प्रदेश कमिटी सदस्य कल्यान धामी, करन कार्की, केशब विक र तारा टमटा
लेकम गाउँपालिका रातामाटा : प्रदेश कमिटी सदस्य रामदत्त जाेशी
शैल्यशिखर नगरपालिका गाेकुलेश्वर: वैकल्पिक केन्द्रीय सदस्य जनम सिह धामी, प्रदेश कमिटी सदस्य धनिराम ठगुन्ना, नरबहादुर बिष्ट र हरमति साउँद
नाैगाड गाउँपालिका वडा १,२,३ काे वडा नम्बर ३ : प्रदेश कमिटी सदस्य दलजित सिंह धामी
नाैगाड गाउँपालिका काे वडा ४,५,६ काे वडा नं ०६ धुलिगडा: प्रदेश कमिटी सदस्य पान सिंह धामी
मार्मा गाउँपालिका लटिनाथ: प्रदेश कमिटी सदस्य लाल बहादुर विक, धिरेन्द्र धामी
अपिहिमाल गाउँपालिका खण्डेश्वरी: जिल्ला संयाेजक पदम राज पन्त, प्रदेश कमिटी सदस्य दिपक जाेशी, भगतसिंह ठेकरेबाेहरा, जीवन लाेथ्याल
नाैगाड गाउँपालिका होपरीगाड: वैकल्पिक केन्द्रीय सदस्य भुवन चन्द्र विक
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया