दार्चुलामा ५६५ ग्राम चरेशसहित एक जना पक्राउ

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाबाट चरेशसहित एक जना पुरुष पक्राउ परेका छन् । प्रहरीले मार्मा गाउँपालिका–२ का रामसिह धामीलाई चरेशसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीको साथबाट ५६५ ग्राम लागूऔषध चरेश बरामद गरेको छ । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?