शैल्यशिखरमा गौराका लागि भदौ २१ र २२ गते स्थानीय विदा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा गौरा पर्व २०८० को अवसरमा भदौ २१ र २२ गते स्थानीय विदा दिइएको छ ।२१ गते मनाइने गौरा पर्वको अवसरमा शैल्यशिखर नगरपालिकाभर यही भदौ २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवदत्त जोशीले जानकारी दिनुभयो ।

यो वर्ष दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ । भने लेकम क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ । २१ गतेको गौरा १८ गते सोमबार विरूडाभिजाएर सुरू हुदैछ । शैल्यशिखरमा गौराको अवसरमा चार दिन विदा हुने भएको छ । २० गते श्रीकृष्ण जन्माष्टमी, २१ र २२ गते स्थानीय विदा र २३ गते शनिवार परेकाले गौराको अवसरमा चार दिन विदा हुने भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?