दार्चुला । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन मौसमविद् प्रतिभा मानन्धरको आग्रह छ । उहाँका अनुसार ठूलो पानी परेका ठाउँमा नदी तथा खोलामा बाढीको जोखिम छ ।
यस्तै, आज अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । आज हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज दिनभरीजसो बादल लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया