दार्चुलामा ट्याक्टर दुर्घटना: चालक र सहचालकले हामफालेर ज्यान जोगाए

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन । मार्मा गाउँपालिका वडा नम्बर ३ लटिनाथ-बिटुले सडक खण्डको मटेलिधार क्षेत्रमा बुधबार (आज) बिहान नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र बहादुर सिंहका अनुसार से २ च १४८१ नम्बरको ट्याक्टर दुर्घटना हुदा मार्मा गाउँपालिका-३ लटिनाथ बस्ने २१ वर्षीय चालक सुनिल विष्ट र सहचालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपूर बस्ने ३४ वर्षीय रामलखन चौधरी घाइते भएका हुन् । दुबैजनाले ट्याक्टरबाट हाम फालेर ज्यान जोगाएको बताइएको छ ।

मार्माको विटुलेबाट सिमेन्ट बोकेर लटिनाथतर्फ जादै गरेको ट्याक्टर सडकबाट झण्डै १०० मिटर तल परेको प्रहरीले जनाएको छ । चालक र सहचालक दुबैजनाले हामफालेका कारण बढी चोट नलागेको र ट्याक्टर क्षतिग्रस्त रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?