दार्चुला । दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर नगरपालिका–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
आइतबार बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र मोटरसाइकल सोमबार (आज) भेटिएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकभन्दा १५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट करिब दुई सय मिटर तल भेटिएको छ ।
घटनाबारे बिस्तृत विवरण प्राप्त भइनसकेको र अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया