नेपाल निजामती कर्मचारी संगठनको भेलाबाट जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा राजेन्द्र धामी चयन

दार्चुला । नेपाल निजामती कर्मचारी संगठनको दार्चुला जिल्ला स्तरीय विस्तारित भेलाबाट जिल्ला कमिटी पुनर्गठन गरिएको छ । नेपाल निजामती कर्मचारी संगठनका जिल्ला कमिटी अध्यक्ष मनोरथ जोशीको अध्यक्षता एबं केन्द्रीय कमिटी उपमहासचिव रामचन्द्र अधिकारीको अध्यक्षतामा आयोजित भेलाबाट जिल्ला कमिटी पुनर्गठन गरिएको हो । उक्त भेलामा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, प्रमुख जिल्ला अधिकारी किरण जोशी, केन्द्रीय कमिटी सदस्य पदमराज जोशी, नरबहादुर ठगुन्ना र गणेश पनेरूको विशिष्ट आतिथ्यता रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठनको विस्तारित बैठक एबं संगठन सुदृढीकरण अभियान अन्तरगत आयोजित भेलाले तत्कालीन सचिव राजेन्द्रसिंह धामीको अध्यक्षतामा कमिटी पुनर्गठन गरिएको हो । भेलाबाट अध्यक्षमा राजेन्द्रसिंह धामी, महिला उपाध्यक्षमा गाेविन्दी लाेत्थ्याल, सचिवमा करनसिंह खत्री र कोषाध्यक्षमा माधवी वड चयन भएका छन् ।

भेलामा संगठन सुदृढीकरण, सदस्यता वितरण र नविकरण लगायत विषयमा छलफल भएको नेपाल निजामती कर्मचारी संगठनका तत्कालीन जिल्ला अध्यक्ष मनोरथ जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?