दार्चुलाको नायलमा करिब ९ किलाे चरेस सहित दुई जना पक्राउ

दार्चुला । दार्चुलामा करिब ९ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार (आज) बिहान साढे ९ बजे शैल्यशिखर नगरपालिका-९ नायलबाट एक महिला र एक पुरुष चरेससहित पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका-४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जय बहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको बताइएको छ ।

दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?