दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित नेपाल-भारत जाेड्ने झाेलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेर एक पुरूष बेपत्ता भएका छन् ।
खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका पुरूषबाट भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेकाे तथा उनकाे साथमा कुनै किसिमकाे पहिचान पत्र नभएको भन्दै उनलाई नेपाल फर्काएकाे बताइएको छ । एसएसबीले फर्काएपछि बीच पुलबाटै महाकाली नदीमा हाम फालेर उनि बेपत्ता भएको बताइएको छ । यद्यपि एसएसबीले फर्काएको विषयमा कुनै जानकारी नआएको तर हामफालेको घटनापछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो । एसएसबीले फर्काएको विषय प्रहरीको जानकारीमा छैन, उहाँले भन्नुभयो, प्रहरी घटनास्थलमा पुगेेर अनुसन्धान गरिरहेको छ ।
नदीमा हाम फाल्ने पुरूषको परिचय र कारण खुल्न नसकेको र खोजि कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ । हाम फाल्ने पुरूष दार्चुला लास्कुक्षेत्रको भएको बुझिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया