दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा संविधान दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई सम्मानित गरिएको छ । बुधबार (आज) लेकम गाउँपालिकाको कार्यालय रातामाटामा संबिधान दिवस समारोह २०८० को आयोजना गरि शुभकामना आदानप्रदान, सहिद परिवार सम्मान र चियापान कार्यक्रम गरिएको हो ।

लेकम १ सर्मोलीका सहिद गजेन्द्र बिष्टका छोरा जीवन विष्ट र अनुजा बिष्टलाई सम्मान गरिएको छ । लेकम ४ मानविसाका सहिद लिलाधर पन्तका बुबा गंगादत्त पन्तलाई सम्मान गरिएको छ । यस्तै लेकम ४ ओडीगाउँका सहिद महादेव गिरीका धर्मपत्नी अनिता गिरीलाई सम्मानित गरिएको कार्यक्रम सञ्चालक एबं लेकम गाउँपालिकामा कार्यरत अधिकृत छैटौं शेखरचन्द्र ओझाले बताउनुभयो । सहिद परिवारलाई जनही ५० हजारका दरले नगद दिने घोषणा गरिएको छ । दिवसको अवसरमा दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको हो ।

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित समारोहमा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, जनप्रतिनिधि, पुर्वजनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?