दार्चुला । नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत दार्चुलामा समेत विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । हिजो (शुक्रबार) ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको जिल्लास्तरीय समिक्षा गोकुलेश्वरमा सम्पन्न गरेको माओबादी केन्द्र दार्चुलाले शनिबार (आज) जिल्ला स्थित जनबर्गिय संगठनका अध्यक्ष, केन्द्रिय समिति पदाधिकारी र केन्द्रिय समिति सदस्यहरुको बिचमा समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

शैल्यशिखरको केन्द्र गोकुलेश्वरमा आयोजित समन्वयात्मक बैठकमा नेकपा (माओबादी केन्द्र) दार्चुलाका इन्चार्ज एबं केन्द्रिय कमिटी सदस्य नरेन्द्र कुवँर विजयसुन्दरको प्रमुख आतिथ्यता तथा बैकल्पिक केन्द्रिय कमिटी सदस्य जमनसिंह धामी र भुवन चन्द्र विकको विशिष्ट आतिथ्यता रहेको थियो । दार्चुला जिल्लाभरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको माओबादीले भोलिदेखि अपिहिमाल गाउँपालिकाका विभिन्न गाउँ हुँदै अपि वेस क्याम्प सम्मको भेटघाट कार्यक्रम गर्ने कार्यतालिका रहेको माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य एबं वाइसीयल सुदूरपश्चिम प्रदेश संयोजक नरबहादुर बिष्टले जानकारी दिनुभयो । अपि वेस क्याम्प सम्मको यात्रामा मार्मा गाउँपालिका अध्यक्ष एबं माओबादी केन्द्रका बैकल्पिक केन्द्रिय कमिटी सदस्य जमनसिंह धामीले नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको नेताहरुले बताएका छन् । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । विशेष रुपान्तरण अभियान अन्तरगत दार्चुला जिल्लाभरी नेता कार्यकर्ता परिचालन भएको जिल्ला संयोजक प्रेम पन्तले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?