सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिदै, चार हजार ७१ प्रहरी परिचालन गरिने

दार्चुला । सुदूरपश्चिम प्रदेशमा यस वर्ष चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। दशैं तिहारमा हुने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिने भएको हो।

प्रदेशका नौँ ओटै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता उज्जल मर्हजनले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशमा चाडपर्वको अवधिमा हुनसम्मने सम्भावित घटनालाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागु गरिने भएको छ। दशैं तिहारका बेला हुने लापर्बाहीले अप्रिय घटनासमेत हुने भन्दै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिने तयारी भइरहेको हो। जिल्ला र स्थान अनुसार सुरक्षाको अवस्थाको आकलन गरेर प्रहरी परिचालन गरिने सुदूरपश्चिम प्रदेश प्रहरीका मर्हजनले बताउनुभयो।

दशैँ तिहारको समयमा ग्रामीण क्षेत्र तथा सीमा नाकाहरुमा प्रहरीको गस्ती बढाइने भएको हो। भारतबाट स्वदेश फर्किने नेपाली सीमा क्षेत्रमा लुटिने लगाएतका घटना हुन सक्ने भएकाले सीमा क्षेत्रमा प्रहरीको सकृयता बढाउने तयारी समेत भइरहेको छ। ग्रामीण क्षेत्रमा कल–झगडा, चोरी तथा डकैतीका घटना हुन सक्ने भन्दै प्रहरीले गस्ती बढाउने भएको छ। प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले चार हजार ७१ प्रहरी चाडपर्वको समयमा सुरक्षाका लागि परिचालन हुने बताउनुभयो।

सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने भएका हुन्। चाडपर्वको समयमा जथाभाबी रूपमा सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई कारबाहीको दायरामा ल्याउनेछ। ट्राफिक प्रहरीको सहयोगमा सवारी चेकजाँचमासमेत कडाइ गरिने भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?