दार्चुला । दार्चुलामा घरको सिँढीबाट लडेर एक ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकामा वडा नम्बर ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको आज बिहान ज्यान गएको हो ।
शुक्रबार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया