दार्चुला । सुर्खेतमा होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् ।
वीरेन्द्रनगर घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक सलाम पुलामी मगर शुक्रबार मृत भेटिएका हुन् । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरुले गरेको आन्दोलनले उग्र रुप लिएको छ ।
आन्दोलन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा विद्युत अवरुद्ध र यातायातका साधनहरु सञ्चालनमा समस्या भएको छ । आन्दोलका कारण बजार अशान्त बन्दै गएको छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् ।
प्रदेश प्रहरी कार्यालयकाले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।
भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया