दार्चुला । धादिङमा बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेको थियो । उनी आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ ।
प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको र घटना भएको दिन पनि सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थियो । सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीले बताएको छ ।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया