प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री भएपनि सरकार कांग्रेस नेतृत्वकै हो : नेता बडू

दार्चुला । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले गठबन्धनको कारणले सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो परेको अनुभव सुनाएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै आफू उद्योगमन्त्री हुँदा आफ्नो पार्टीको अर्थमन्त्री नहुँदा आफ्नो प्रस्ताव रोकिएको बताउनुभयो ।

उहाँले बताउनुभयो, ‘पछिल्लो सरकारको नेतृत्व पनि हामीले गरेका थियौं । अहिले पनि प्राविधिक रुपमा प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ तर सबैभन्दा ठूलो हिंसा हाम्रो छ । हामीतिर जनताले हेर्दैछन् त्यसैले हामीले काम गर्न सकेनौं भने हामीलाई जनताले पत्याउँदैनन् ।’

उहाँले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेको भएकाले अहिले असफल हुने छुट नभएकोे उल्लेख गर्नुभयो ।नेपाल प्रेस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?